नेपाल आइडल सिजन २ रवि ओडलाइ , नगद २२ लाख र गोल्डेन माइक पाए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ७ गते, शनिबार १५:५१

नेपाल आइडल सिजन २ नाम दिएको नेपाल आइडलको ग्राण्ड फाइनलमा यो बर्षको नेपाल आइडल विजेता रवि ओड बनेका छन्। रविले नगद २२ लाख र गोल्डेन माइक पाएका छन्।

त्यसैगरर, नेपाल आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बनेका छन्। बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए।

सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए। थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन्। उनले होन्डाको स्कुटर पाएकी छन् ।

विजयीहरुलाई अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु