काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

कमल आइडल सिजन ४ तथा डान्स कमल डान्स प्रतियोगिता संपन्न, आइडलको पेमा शेर्पा र डान्समा सोनिया तण्डुकार विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ८ गते, आईतवार ०८:३८

काठमाडौं। कमल आइडल सिजन ४ तथा डान्स कमल डान्स प्रतियोगिता संपन्न भएको छ। काठमाडौंको बल्खुस्थित कमल इङलिस बोर्डिङ हाईस्कुलको आयोजनामा कमल आइडल तथा डान्स कमल डान्स प्रतियोगिताको आयोजना भएको हो।

शनिवार आयोजित कार्यक्रममा कमल आइडल सिजन ४ र कमल डान्स प्रतियोगितामा कमल स्कुलका विद्यार्थीहरु वीच प्रतियोगिता भएको थियो। निक्कै नै उत्साहजनक ढंगवाट भएको प्रतियोगितामा यो बर्षको कमल आइडल ४ को विजयी पेमा शेर्पा बनेकी छन्। फस्ट रनरअप प्रमोद थापा मगर र सेकेण्ड रनरअप निजा भुजेल बने।

डान्स कमल डान्स प्रतियोगितामा र फस्ट, सोनिया महर्जन सेकेण्ड, थर्ड कृतिषा भट्ट र भूमि श्रेष्ठ फोर्थ बनेका थिए। पुरस्कृत विद्यार्थीहरुलाई ट्रफी तथा अवार्ड प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटा तथा कमल इङलिस बोर्डिङ हाईस्कुलका प्रिन्सिपल रामकृष्ण तण्डुकारले संयुक्तरुपमा प्रदान गरेका थिए।

कमल स्कुलले स्कुलका विद्यार्थीहरुको बृद्धि विकासका लागि यसप्रकारका कार्यक्रमहरु बेला–बेलामा गरिदैंआएको प्रिन्सिपल तण्डुकारले भिजन संसार डटकमलाई बताएका छन्। कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु