तुलसीपुर – दाङ बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको दुर्घटनामा दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १ र १ जना रहेका छन् । घटनास्थलमै २२ जना र नेपालगन्ज नर्सिङहोम उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परि १९ जना पुरुष र ४ जना महिलाको ज्यान गएकोे हो । सनाखत हुनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, सोहि नगरपालिका वडा नम्वर ३ घर भएका १७ बर्षिय हिम्मत बोहरा, सोहि वडाका १८ बर्षका अर्जुन शाही, वडा नम्वर १० घर भएका १८ बर्षीय रुपेश शाही, सोहि वडाका बिपना खत्री , वडा नम्वर १४ का १७ बर्षीय रितेन्द्र शाही, वडा नम्वर ५ का देवीप्रसाद उपाध्याय,सोहि जिल्लाको हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, तिला गाउँपालिका १ का जंगबहादुर बिक, सोहि गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।
त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनामा परि घाईते भएका १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको जिल्ला प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन अवलोकन गरेर फर्कने क्रममा शुक्रवार वेलुकी पौने ६ बजे बस दुर्घटना भएको थियो । नमस्ते राप्ती यातायात प्रालिद्धारा सन्चालित बा ४ ख ९७६६ नम्बरको बस शिक्षालयले भ्रमणका लागी रिर्जभ गरेर लगेको थियो ।
यसैविच जुम्लाका ६ वटा र डोल्पाको एक वटा शव तुलसीपुरबाट नेपाली सेनाको हेलिकप्टर मार्फत सम्वन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिएका छन् । बझाङ, बाजुरा र जुम्लाको गरी तिन वटा शव बाहेक अन्य शव सवै आफन्तीको जिम्मा लगाईएको उनले बताएका छन् ।
दाङ बस दुर्घटना : शोकमा एकदिन बिद्यालय बन्द
तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र बिद्यार्थी चढेको बस दुर्घटना भएको प्रति दुःख ब्यक्त गर्दै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाको शनिबार बसेको बैठकले आइतबार बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दुर्घटनामा परि बिद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन बिद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज बिश्वकर्माले जानकारी दिए । बैठकले यस क्षेत्रका निजि, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।
दुर्घटना प्रति एन प्याव्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख छ । विज्ञप्तिमा दुर्घटनामा परि मृत्यु भएका शिक्षालयमा अध्ययनरत बिद्यार्थि तथा शिक्षक प्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । दुर्घटनामा घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै एन प्याव्सन प्रदेश नम्वर ५ ले समेत बिज्ञप्ति जारि गरि शोक ब्यक्त गरेको छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा बिद्यार्थी चढेको गाडि शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।
दाङ बस दुर्घटनाप्रति परिवार दलद्धारा शोक व्यक्त
काठमाडौं(जस)– नेपाल परिवार दलले दाङ बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेको छ । दलका महामन्त्री बिनोद डाँगी द्धारा जारी बिज्ञप्तिमा बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनामा परी घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
शुक्रबार दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको गाडी शुक्रबार बेलुकी ५ बजेतिर दाङको तुलसीपुर नगरपालिका(३ राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
परिवार दलले वर्षेनी नेपालमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या बढिरहेको भन्दै उनले सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि सडकहरुको समय(समयमा मर्मत सम्भार, सवारी साधनहरुको अवस्थाको नियमित चेकजाँच र चालकहरुलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने(बचाउनेजस्ता प्रशिक्षणहरुको व्यवस्था गर्नतर्फ लाग्न सरकारलाई आग्रह गरेको छ ।