• पुरुषले दुई वटी श्रीमती बिबाह गरे अतिरिक्त भत्ता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ पुष २०७५, आईतवार १९:०७

    काठमाडौं । नेपालमा  कानुनका कारण पुरुषले दुई वटी श्रीमती बिबाह गरे झमेला बेहोर्नुपर्ने अवस्था छ । तर युएइ सरकारले भने अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

    युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।

    श्राेतः janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु