काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युटको परकम्पन गएको छ।
आज आइतवार बिहान ५ बजेर ६ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पको धक्का महसुस काठमाडौं उपत्यकामा पनि महशुश गरिएको थियो। यो परकम्प विसं.२०७२ साल वैशाख १२ गतेकै महाभूकम्पकै भएको केन्द्रले जनाएको छ।