भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ पुस्तक विमोचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ९ गते, सोमबार १८:३९

काठमाडौँ,९ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्धारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन्?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । सोमवार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो पुस्तकको बिमोचन गरिएको हो ।

कार्यक्रममा पार्टीका प्रवक्ता रामप्रकाश पुरीले अहिले भारत र चीनमा एकाधिकार पुँजीको विकासका कारण यी दुवै देश साम्राज्यवादी भएको र विश्व एकाधिकार पुँजीको वरिपरि घुमिराखेको अवस्थामा पुँजीको बिकसित रुप नै साम्राज्यवाद रहेकोे बताएका छन ।
उनले भने,‘आउदै गरेको पार्टीको महाधिवेशनको बिषय बस्तुपनि यीनै कुराहरुमा आधारित रहेकोले यो पुस्तक प्रकाशन गरिएको हो ।’
तेस्रो मुलुकका देशहरु अति विपन्न र बिकासोन्मुख देशमाथि पुँजीवादी देशहरुले बिभिन्न किसिमका उपनिवेश कायम गर्नको लागि पुँजीको उपयोग गर्ने गर्दछन भन्दै उनले थपे–‘भारत विस्तारबादी देशभन्दा बाहिर आएर उदारबादी बनेको छ, अबको समाजबाद युद्ध, हतियारले नभएर आर्थिक र वैज्ञानिक विकासले अगाडी बढ्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले उक्त पुस्तकमाथि आफ्नो धारणा राख्दै भारत एकाधिकार पुँजीमार्फत विश्वमा आफ्नो बित्त अधिकार कायम गर्न लागिरहेको टिप्पणी गरे ।
अहिले अमेरिकी सम्राज्यवादको विश्वमा खतरा रहेको बताउदै उनले भने,‘बिस्तारवाद भारतको चरित्र रहेको थियोे भने अहिले साम्राज्यवादतर्फ उन्मुख भैरहेको छ ।’


चीन विश्वका तेश्रोे महाशक्ति रहेको बताउँदै शर्माले भारतपनि आफ्नो पँुजी विकास गर्दै एशियामा नै आफ्नो प्रभाव जमाउन सक्ने भैसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले चीन र भारत दुईवटै साम्राज्यवादी मुलुक भएपनि एउटै प्रकृतिले हेर्न नहुने धारणा राखे ।
उनले भने,‘चीनको तुलनामा भारतीय साम्राज्यवाद नेपाल र नेपालीको लागि धेरै खतरा रहेको र नेपाली क्रान्तिको प्रमुख दुश्मन शक्ति रहेको छ, यद्धपी अन्य साम्राज्यवादी शक्तिलाईपनि कमजोर सोच्न मिल्दैन ।’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष ओम केसी, राजमोका नेता आनन्द शर्मा, महिला नेत्री मिना पुनलगायत पार्टीका अन्य जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु