• सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १८:५५

    काठमाडौँ,९ पुस ।ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

    नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको मुलुक हो । हाम्रो बहुमुल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । यहाँ मनाइने चाडपर्वहरुले विभिन्‍न साँस्कृतिक पहिचान बोकेका समुदायबीच सद्‍भाव र समन्वय अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भन्‍ने मलाई लागेको छ ।
    अन्तमा, ईसाई धर्मावलम्बीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्‍नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्‍ने कामना गर्दछु ।

    धन्यवाद !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु