बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार घुससहित पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ९ गते, सोमबार २०:३८

खस्यौली: अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु