भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथों अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त भएको छ । नेपालले कुल ८ स्वर्ण जित्दै नेपाल समूह प्रथम हुन सफल भयो । यही डिसेम्बर २२ र २३ डिसेम्बरमा सन्चालन भएको उक्त प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउन सफल हुनेहरुमा रेहन जाबेदले चिल्ड्रेन समुहको कुमिते र एकल कातामा दोहोरो स्वर्ण जित्न सफल भए भने वॉगचुक तामॉग , राम बिश्वास राउत कुर्मी,सोनम बलामी ले क्रमश…. ४५ , ५५ र ७५ किलो तौल समुहमा स्वर्ण पदक दिलाए । त्यसैगरी दिलाशा श्रेष्ठ र रश्मिता श्रेष्ठले क्रमश…५० र ५५ किलो तौल समुहमा स्वर्ण दिलाउदै नेपाललाई समुह प्रथम बन्न सफल बनाए । बिजेता खेलाडी तथा अफिशियलहरुलाई त्रिभूबन अन्तराष्ट्रीय बिमानस्थलस्थित अखिल नेपाल खेलकूद महासंघ का महासचिव काली बहादुर घर्ती मगरले स्वागत तथा बधाई दिनुभयो ।