अाज मेरी क्रिसमस नेपालमा ३० लाखभन्दा बढी क्रिश्चियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १० गते, मंगलवार २०:०५

काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज मंगलवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

दुई हजार १८ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो। कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो। येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ। येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

पछिल्ला समय नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन्। हाल नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान गरिएको छ।

यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएकोमा यो बर्ष सरकारले सार्वजनिक विदा दिएको छैन्। क्रिश्चियन धर्माबलम्वीहरुलाई मात्र विदा भनेर क्यालेण्डरमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु