काठमाण्डौं। यस्मरी पुन्ही अझ खास, बाँड्दै यस्मरीको मिठासू भन्ने मूल नाराका साथ अघि बढ्छौँ संस्थाद्वारा काठमाडौंको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रमा अनाथ बालबालबालिकाहरू माझ गत शनिबार यस्मरी पुन्ही उत्सव कार्यक्रम सम्पन्न गरियो। हिउँदको आगमन सँगै बालीनाली घरमा भित्र्याउने पहिलो दिनको रूपमा मनाईने नेवारी समुदायमा प्रचलित यस पर्व सबैसँग मिलिजुली मनाउँदै साथै संस्कृतिको प्रवर्द्धन गर्नुका साथसाथै दीनदुःखीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा यस्मरी ९चामलको पिठोबाट बनाईने विशेष नेवारी परिकार० बनाएर खाने खुवाउने, यसबारे जानकारी आदानप्रदान गर्ने, नाचगान तथा खेल खेलाउने, आदि क्रियाकलाप समावेश गरिएका थिए।
साथमा बेलुकीपख काठमाडौंको सडकमा आश्रित असहायहरूलाई पनि यमरी बाँडिएको जानकारी कार्यक्रम संयोजक अस्मिता कार्कीले दिनुभयो।
टीम ब्लडपल, ह्याप्पी फ्यामिली क्लब र फोटोजेनिक पिपल( हेल्पिङ्ग ह्यान्ड को सहयोगमा संचालित उक्त उत्सवमा सोहि तथा अन्य आश्रमका बालबालिका, अन्य संघसंस्था तथा नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। ूतिहारमा देउसी भैलो गएझैँ यस दिन पनि यमरी माग्न जाने चलन थियो, जुन अहिले लोप भइसकेको छ। यी र यस्तै हाम्रो पहिचान झल्काउने कुराहरु लोपोन्मुख हुनबाट रोक्नुपर्छ। यो जातको त्यो जातको भनेर बाझेर होइन, एकताको प्रतीकको रुपमा चाडपर्वलाई मनाईनुपर्छ ,ूअघि बढ्छौं संस्थाका अध्यक्ष सुशन कर्माचार्यले जोड दिनुभयो ।