२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ११ गते, बुधबार २०:०८

तनहुँ, ११ पौष – २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ  ।  यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच सिलन्यास गरियो , उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा ) तनहुका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नया भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) बाट भवन बनाउनको लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए ।

विद्यालयकी शिक्षिका मनु सापकोटाले संचालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै,  भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा,  हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि सुर्यप्रसाद क्षेत्री  रानाभाटले शिक्षाको लागि भौतिक संरचना पहिलो अपरिहार्य भएकोले यसले विद्यालयको पठनपाठनमा पनि सहयोग पुग्ने भनाई राखेका थिए ।

६६ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनमा पाउदा पढ्न पाउने भएपछि बिद्यार्थीहरु पनि हर्षित छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु