मालारानी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भुसाल १० दिनदेखि सम्पर्कविहीन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष ११ गते, बुधबार २०:२६

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्कविहीन भएका छन ।

पुस २ गते मालारानी २ डाँडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहीन भएका हुन ।

गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु