-हरि बराल, ताप्लेजुङ्ग
हिजो आज सबै संचार माध्यमहरुमा बलात्कारका विषयमा प्रत्येकदिन समाचार प्रसारण नभएको दिनै छैन । यो बलात्कार त एउटा रोगै भईसकेको छ । हुन त नेपालमा मात्रै नभएर विभिन्न देशमा यो रोग पैmलिएको छ । फेरि २१औँ शताब्दीमा आएर मात्र यस्ता घटना घटेका भने होइनन् । सृष्टीको पहिलो दिन आइतबार देखि नै यो कुकृत्य चलेको देखिन्छ । देवताका गुरु वृहस्पतीले आफ्नै भाई उतत्थ तीर्थ यात्रामा गएको मौका छोपी गर्भवती अवस्थाकी ममताको रुपमाधुर्यलाई देखेर भाइबुहारी ममताको ओठबाट चुहिएको मह चाटेरै छोडे । बृहस्पतीकै श्रीमति तारा आफ्नै शिष्य चन्द्रमा बाट गुरु चारधाम तीर्थ गर्न गएको बेला चन्द्रमाले राजसूय यज्ञ गर्दा निमन्त्रणा स्विकारी चन्द्रलोक पुगेकि तारालाई चन्द्रमाले बलपूर्वक चन्द्रलोकमै राखे पछि उनी बाट नवग्रह मध्येको एक ग्रहबुधलाई जन्म दिन पुगिन्, गौतम ऋषिकी पत्नी अहिल्यालाई स्वर्गको राजा इन्द्र गुरु वृहस्पतिको आश्रममा पढ्दाको साथी चन्द्रमाको सहयोगबाट गौतमको आश्रममा मुनि भेषमा पुगि अहिल्याको अस्मिता लुट्न सफल भएको थियो ।
आश्रम छेउमा रहेको चिउरिको रुखमा बसेर आधा रातमा कुखुराको भाले बनि चन्द्रमाले कुखुरी काँ…… गरि दिँदा गौतम ऋषि उज्यालो भएको ठानी स्नान गर्न नदी तर्फ गएपछि इन्द्र कुकर्म गर्न सफल भयो । त्यसबेला जगतको व्यवस्था गर्ने त्रिदेवले पनि इन्द्र वृहस्पति, चन्द्रमालाई कारवाहीको दायरामा ल्याउन सकेनन् गुरु गुरु भएरै बसे चन्द्रमा चन्द्रलोकको राजा भएरै बसे इन्द्र स्वर्गको राजा भएरै बसे । यस्ता धेरै घटना हरु सृष्टिको बिहानै देखि हुँदै आएको देखिन्छ । केही बलात्कारका घटनामा कुनै कुनै नारीहरुका आफ्नै पनि गल्ती कमजोरीहरु छन् । जस्तै अभिभावकको नियन्त्रण मा नबसी स्वतन्त्र भएर हिँडडुल गर्नु, आफ्नो परम्परा संस्कारले तोकिएका बेषभुषालाई त्यागेर अर्ध नग्न पोशाकमा आकाषिर्त हूनु अनावश्यक श्रृगार पट।र ( मेकप ) गरेर जसरि हुन्छ पुरुषलाई आकाषिर्त बनाउन पाउँदा आफुलाई कतिनै प्रभावशाली छु भन्ने घमन्डको होडबाजि गर्नु (valantine day ) जस्ता अर्काको संस्कृतिमा रमाउनु साथै केटा साथि ( Boy friend living together ) जस्ता व्यक्ति गत बानि व्यहोराले आपmनो गुह्य आतभेउ केटाहरुलाई बुझाइ सक्नु र रक्षक भक्षक नचिन्नु ,कति पय माथिल्लो जातिका हुँ भन्ने बिवाहित नारीहरु विवाहमा सौभाग्यको प्रतिक भनि वरले दिएको सिन्दुर पोते वर्तमान अवस्थामा न लगाउन पाए हुन्थ्यो भने जस्तो गरेको देखिन्छ सिन्दुरले प्रस्ट रुपमा अर्काकी सहयात्री भईसकेको संकेत गर्दछ भने गलाको सौभाग्य समेतको पोतेले अर्कै पुरुषका दाम्लोले बाधिसकिएको हुदा उसले अन्यत्र जान नपाउने भन्ने बन्धन सूुत्रको संकेत गर्दछ अनि कसरि किन फाल्ने, फाल्ने नै हो भने अहिलेको सानो संसारलाई छोडेर नयाँ संसारको खोजिमा जानु पर्दछ आँखा चिम्म गरेर आँखा खोलेर जान लाइत नैतिक्ता , मर्यादा र संस्कारहरुले उमकनदिने छैनन् कति पय युवतिहरु मदहोसका खातिर टन्न मादक पदार्थ पिएर आफुलाईनै बिर्सन पुगि अमुल्य गहना, मोबाइल त के आफनै असमिता हराएको पनि थाहा पाउदैनन् यस्तै कमजोरीका कारण हाडनाता करणि, वालिका, वृद्धआमा पितृ हुनलागेका हजुरआमा पनि नभनि कामुक त्रिस्णाको पछिलाग्ने धतुरे पुरुषहरुलाई झन उुग्र हुन प्रोत्साहन पुग्यो कि पुगेन । भारतीय इतिहासकार एवम चिन्तक उमा चक्रवर्तीका अनुासर यो आख्यान समकालिन अहिलेका बलात्कार सम्बन्धि वास्तविक स्थिति सगँ समानान्तर देखिन्छ लेखिका सरिता तिवारिले प्रश्न उठाएकी थिइन यस्ता कामुक तृष्णाका पछि लाग्ने धतुरेहरु उत्पादन गर्ने कारखाना कहाँ छ ? यो निकै संवेदनसिल प्रश्न हो ।
अनादिकालमा वृहस्पतिकि भाईबुहारी वृहस्पति कै श्रीमति तारा, गौतम ऋषिकी पत्नी अहिल्या बलात्कृत हुँदा त्रिदेवले दोषीलाई कारवाही गर्न नसक्दा । जगतजननीका अवतार लक्ष्मी, सरस्वती, र पार्वतीहरुले अनुसन्धान गर्दा चन्द्रमाको विर्यबाट बुध नामको पुत्र पैदा गरिसकेकोले विर्यप्रधानताका न्यायले बुध चन्द्रमालाई जिम्मा दिई तारा, वृहस्पति लाई नै फिर्ता गरि दिने निर्णय भएको थियो गुरुलाई आफ्नो पदमा बसिरहन नपाउने गरी निलम्वन गरीएको थियो त्यो ६ महिनाको अवधिमा वृहस्पति चार धाम तीर्थ यात्रामा गएका थिए । गौतमीको अपराधी स्वर्गको राजा इन्द्रलाई गौतमले इन्द्रका शरिर भरि हजार योनी हुने र लिङ्ग समेत झर्ने श्राप दिनु भयो ।
अब उप्रान्तका लागि जगतमाताले यस्तो व्यवस्था गरि दिनु भएको रहेछ । याज्ञबल्क्य ऋषिले लेख्नु भएको छ , पिता रक्षतु कौमारे भर्ता रक्षतु यौवने पुत्रांश्च स्थविरे भावे नस्त्रि स्वातन्त्र मर्हयेत, कुमारि हुनजेल पिताले, यौवन अवस्था युवति भएपछि आफ्नै पतिले, वृद्धा भएपछि छोराले रक्षा गरोस् नारीहरुलाई स्वतन्त्र नछाडियोस् । यस श्लोकले कानुनि स्वतन्त्रतालाई बन्देज गर्न खोजेको भने होइन । आफु सुरक्षित रहेर मात्र स्वतन्त्रताको उपभोग गर्ने भन्ने अभिप्राय हो । फेरि परिवार भित्रका आफन्तहरुको निगरानी हेरचाहमा बस्ने भनिएको हो । न कि अन्यका । संसारका सबै नारी जगतजननीका आफ्नै अवतार भएकाले पुरुषहरुको दैनिकीमा शक्तिको रुपमा व्यवस्था गरिएको हो ।
पुरुषमात्रको गृहस्थीत मसान बराबर एवं अपूर्ण हुने हुँदा बिना नारी कुनै पनि पुरुषले केही पनि गर्न सक्दैन । त्यसैले नारीहरुलाई पुरुषको शक्ति मानिएको छ । ॐ भित्र अ उ म तिन अक्षर छन् । जसले अ – अनन्त सृष्टिकर्ता ब्रह्मा, उ–उमेश पालनकर्ता विष्णु, म– महेश कल्याण कारि शिव एवं प्रलयकारी शंकर भन्ने जनाउँछ । त्योभन्दा माथिको अनुस्वार भनेको क्षितिज हो । त्यो भन्दा माथिको विन्दु जगतमाता हुन्, ॐकार परिवारभित्रका मात्र नभएर संसारका समस्त बालिका किशोरी युवतीहरु र आमाहरुले आफ्नो आँखीभिउका बिच नाक भन्दा माथिको ठाउँमा ॐ कार माथिको विन्दु जस्तै जत्रै सप्तरंग मध्येको आफ्नो इच्छा अनुसारको रङको टिको लगाउनाले, विना सहारा हिँडडुल नगर्नाले आफ्ना आहार, व्यवहार, भेषभुषाको व्यवस्थित सिमा भित्र रहनाले बलात्कारको प्रतिकार गर्ने शक्ति स्वतः प्राप्त हुने छ र बलात्कृत हुन बाट बच्न सकिन्छ। समाजमा जेजस्तो अवस्था रहेपनि यो नीतिको सबैले सम्मान गरौँ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्रदेवता, जहाँ नारीहरुको सम्मान हुन्छ त्यहाँ देवताहरु पनि खुशी हुन्छन् । नारी खुशि र सुखी भए भने त संसारमा स्थिर शान्ति कायम हुनेछ ।