भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

न्यायाधीश चोलेन्द्र शमशेर भ्रष्ट व्यक्ति रहेको आरोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १३ गते, शुक्रबार २०:०७

चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाइए देश नै खतरामा पर्ने : जफर
काठमाडौं, १३ पुस । न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा.ले ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा मासेको आरोप लागेको छ ।
न्यायाधीश चोलेन्द्रलाई न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि उनका विरुद्ध प्रमाणसहित यस्तो गम्भीर आरोप लागेको हो ।

ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियान वीरगन्जले शुक्रबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी जफर अन्सारीले न्यायाधीश जबरामाथि यस्तो आरोप लगाएका हुन् । उनले पत्रकार सम्मेलनमा भने, ‘यस्ता भ्रष्ट व्यक्ति न्याय क्षेत्रको सर्वोच्च पदमा पुगे देश नै खतरामा पर्नेछ ।’

अभियानका संयोजक अन्सारीले ’जबराको नातामा पर्ने प्रमोद विक्रम शाहले किर्ते प्राण गरी जिल्ला बारामा मेरो लगत श्रेस्ता कायम रहेको जिल्ला परिवर्तन भएका बखत मेरो जग्गा पर्सामा पर्न गएको भनी झुठा प्रपञ्च खडा गरी मिति २०४८ साल बैशाख २० गते १ नं. नयाँ नापी गोश्वारा टोलीमा दर्ता गराउन सफल भएको’ विज्ञप्तिमा उल्लेख गरेका छन् ।

ऐतिहासिक तथा धार्मिक सार्वजनिक पोखरीको एक भागमा हिन्दू समुदायको छठघाट, मुस्लिम समुदायको ईदगाह, सरकारी ताराचन किसनलाल स्कूल तथा अनाथालय भूमाफिया प्रमोद विक्रम शाहले आफ्नो नाममा दर्ता गराएको आरोप अन्सारीको छ ।
तत्कालीन अवस्थामा न्यायाधीश चोलेन्द्रको इजलाशबाट नातावादको आडमा आपसी मिलेमतो गरी न्यायको सर्वमान्य सिद्धान्त विपरीत शाहको नाउँमा लालपुर्जा कायम गरिदिएको अन्सारीले पत्रकार सम्मेलनमा भने ।

‘उक्त पोखरीमा आजसम्म हिन्दू मुस्लिम समुदायको धर्म संस्कृतिका कार्यहरु परम्परागत रुपमा हुँदै आएकोमा भूमाफिया प्रमोद विक्रम शाह सर्वोच्च अदालतको फैसलाको आधारमा सार्वजनिक पोखरीको धार्मिक प्रकृति लोप गर्नका लागि गुण्डा बदमास लगाई छठ देवीका पुराना अवशेषहरु लोप गरी माटो पुर्न खोज्दा हिन्दू मुस्लिम समुदायबाट पटक–पटक प्रतिकार गर्दा गम्भीर प्रकृतिका घटनाहरु भए’ विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु