श्रम स्वीकृतिका लागि अब काठमाण्डू धाउनु नपर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १३ गते, शुक्रबार २१:१२

काठमाडौं: वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय नेपाली विदेश जाने गरेको आँकडाहरूले देखाउँछन्। आवश्यक प्रकृया पूरा गर्न उनीहरू राजधानी काठमाण्डूमा आउनुपर्ने बाध्यता छ।राजधानीमा बस्दा खर्च धेरै हुने र समयको नोक्सानी समेत हुने गरेको गुनासो वैदेशिक रोजगारीमा जानेहरूले गर्दै आएका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु