• नवौं सूचना–प्रविधि सम्मेलन एवं चौथौ स्मार्ट कम्युटिङ सम्मेलन आयोजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७५, शनिबार १८:५१

    काठमाडौं, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं सूचना–प्रविधि सम्मेलन एवं चौथौ स्मार्ट कम्युटिङ सम्मेलन आयोजना गरिएको छ ।

    कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको सम्मेलनमा चीन, भारत, थाइल्यान्ड, जापानलगायत देशका युवा विद्यार्थीको सहभागिता छ । सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको छ । संसारलाई स्मार्ट बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको छ ।

    सम्मेलनमा सहभागीहरुले प्रविधिको क्षेत्रमा नेपालमा क्षेत्र पछि पर्नु विडम्बना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रविधिको विकासमा युवालाई आकर्षित गर्नुपर्ने उनीहरुको भनाई छ ।

    नयाँ प्रविधिको विकास र सम्भावना भएरपनि नेपालमा त्यसको प्रयोग सोचेअनुरुप हुन नसकेको अवस्थामा सम्मेलन उपयोगी हुने विश्वास लिइएको सम्मेलन आयोजक सचिव मदन कडरीयाले जानकारी दिनुभयो ।

    सम्मेलनमा बिभिन्न दशबाट आएका बिद्यार्थीहरुले आफ्नो देशमा भएको प्रविधिको विकास र सम्भावनाबारे जानकारी गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु