नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

कतार भिसा सेन्टर पाकिस्तानमा बिहीबारदेखि शुरु, नेपालमा छिट्टै सञ्चालनमा आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १४ गते, शनिबार १९:१८

काठमाडौं– नेपालमा छिट्टै सेवा शुरु गर्ने तयारी गरिरहेको कतार भिसा सेन्टरले बिहिबारदेखि पाकिस्तानमा सेवा शुरु गरेको छ । सेन्टरले यो भन्दा पहिले श्रीलंकामा कतार भिसा सेन्टर सुरु गरिसकेको भने छिट्टै नेपालमा पनि सुरु गरिने कतार सरकारको योजना रहेको छ । यस्तो सेन्टर स्थापनापछि  यो भन्दा पहिला कतार पुगेपछि गरिने सबै कार्य नेपालबाटै निशुल्क रुपमा गर्न पाइनेछ । सेन्टर स्थापनापछि  कामदारहरुले भिसा सेन्टर बाट निशुल्क रुपमा सेवा पाउने र एकै ठाउँबाट मेडिकल, बायोमेट्रिकलगायत सबै काम गरिने र कुनैपनि कामदारले पैसा तिर्नु नपर्ने भएकाले कामदारलाई फार्इदा नै फार्इदा  पुग्नेछ ।
कतारले नेपाललगायत बिश्वका अधिकांस देशहरूमा स्थापना गर्न लागेको कतार भिसा सेन्टरका प्रमुख एवं गृहमन्त्रालय कतारका उच्चाधिकारी मेजर अब्दुल्लाह बिन खलिफा अल मुहन्नदीले अब उपरान्त कुनै पनि भिसमा कतार आउन चाहने जो कसैले पनि कतार आउनु पुर्व प्रवेशाज्ञा (भिषा)बिगतमा कतारमै गरिने स्वास्थ्य परिक्षण , फिङगर प्रिन्टलगायत सम्पुर्ण प्रक्रियाहरु कतार भिसा सेन्टर बाट पूरा गर्नुपर्ने बताए । भिषाका निम्ति आवेदनसमेत यसै सेन्टर बाट दिनुपर्ने बताए ।

यस्तो सेन्टर स्थापनापछि बिचौलियाहरुबिच प्रचलित विभिन्न खाले भिषामा कतार आइ विभिन्न समस्यामा पर्ने बिषयहरुलाइ निवारण गर्न एवं भिषा प्रक्रियालाई अझ ब्यवस्थित र मर्यादित बनाउने कडीहरुको एक प्रमुख कडीको रुपमा बताउँदै अल मुहन्नदीले भिषा सेन्टरले नेपाली ब्यवसायी एवं कामदारलगायत कतार आउन चाहनेहरुलाइ ठुलै राहत पुर्याउने बताए ।
कतारको वैदेशिक रोजगारी तथा नेपाली हरुको अवस्था प्रगति सम्भावना र चुनौती एवं समसामयिक बिषयमा स्थलगत रिपोर्टिङका निम्ति कतारमा अल मुहन्नदीसँगको भेटमा  बिबिध बिषय र कतार भिसा सेन्टरका बारेमा बिबिध छलफल गर्दा उनले कतार भिसा सेन्टर शूरुमा  नेपाल लगतै भारत, पाकिस्न, बंगलादेशलगायत आठ देसमा सञ्चालन गरिने र निकट भबिस्यमा विश्का सबै देशमा लागु गरिने जानकारी दिए ।
यसबाट नेपाली कामदार र नेपाली ब्याबसायीलाई  फाइदै फाइदा पुग्ने उनले बताए । अल मुहन्नदीसँग कतारको रोजगारीका बिबिध बिषयमा छलफल गर्दा उनले नेपाल कतारकालगि निकै महत्वपूर्ण साझेदार राष्ट्र रहेको बताए ।  राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद  रमजान अलि मियाले जनसवालसँग भिसा सेन्टरले नेपालीलाई फाइदै–फाइदा पुग्ने बताए ।  नेपाल सरकार र व्यवसायीले यसको महत्व बुझेर मात्रै बिरोध गर्न उनले आग्रह गरे । ‘यसले धेरै फाइदा हुन्छ । कामदार पनि फाइदामा, व्यवसायी पनि फाइदामा, देश पनि फाइदामा । त्यसैले हामीले जति सक्दो छिटो यो सञ्चालन गराउनतर्फ लाग्नुपर्छ,’ उनले अनुरोध गरे ।

कतार भिसा सेन्टरले नेपालमा विधिबत रुपमा दर्ता सम्पन्न गरि महाराजगञ्जमा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । श्रम मन्त्रालयसङ्ग छलफल जारि रहेको र छिट्टै नेपालबाट पनी भिसा सेन्टर स्थापना हुने प्रमुख अल मुहन्नदीले बताए ।  उनले भिसा सेन्टरले पहिला कतारमा गएर गरिने भिसा प्रक्रियाका सम्पूर्ण काम र मेडिकल पनी यही गरिने जनाएको छ । यहाँ गरिएका सबै प्रक्रियाको एक रुपैयाँ पनी नलाग्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु