• स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठान बालुवाटार ले मनायो स्वर्गीय राजा बीरेन्द्र शाहको ७४औ जन्मजयन्ती

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १९:४९

    पुष १४ काठमाडौं -रास्ट्रका लागि शान्ति” भन्ने मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा स्वर्गीय राजा बीरेन्द्र शाहको ७४औ जन्मजयन्ती बिशेष समारोहका साथ ललितपुर को जाउलाखेल मा रहेको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा राजसंस्था प्रति आस्था राख्ने विभिन्न ब्यक्तिहरूले आ-आफ़नो बिचार राख्नु भयो।राजा बीरेन्द्र शान्ति प्रतिष्ठाणका अध्यक्षशिवहरि खनाल ले राजा बीरेन्द्र बिश्व शान्तिको कामना गरने एक मात्र राष्ट्राध्यक्ष थिए र वहाँ सधै प्रजातांत्रिक बिचार धारा का पक्षपाती थिए भन्नु भयो।

    उपस्थिति हरू को बिचार राखने क्रम मा उपाध्यक्ष बलबहादुर बस्यालले राजा बिरेन्द बिचार नै बिबिधतामा एकता थियो त्यही नै ठूलो राष्ट्रवादी हो उपाध्यक्ष बिनोद प्रसाद आचार्य ले शान्तिबादी राजा विश्व शान्तिका प्रतीक ! रहेको श्याम के. सी (रा.प्रा.पा-प्रा. सह महामन्त्री)ले राष्ट्रवादी विचारधारा बोकेर सबैले शान्ति स्थापना गरने कार्यमा अघि बढनु पर्ने बलराम गौतमल ले शाह वंशीय राजा प्रगतिशीलबादी थिए , त्यस बखत जातज़ाती संस्कार र संस्कृति स्वतंत्रता थिए ।

    मीन बहादुर शाही(रा.प्र.पा -प्र केन्द्रिय सदस्य )ले बीरेन्द्र राजाको शान्ति प्रतीको महत्वपूर्ण योगदान रहीआएको छ , उद्योगधंदाको स्थापना रोज़गारको बृद्धि विकेंद्रीकरण मुख्य हुन । राम प्रसाद दंगाल(नेपाल बहु जनता राष्ट्रिय सेवा दल)-ले संघर्ष मैं जाऊँ र शान्ति र राजा ल्याऊ । श्याम लामाले शान्ति र विकाश प्रेमी राजा भएको भन्दै महत्त्वपूर्ण बिचार राखनु भयो । उपस्थितिको क्रम मा यस प्रतिष्ठाणका शिव हरी खनाल(अध्यक्ष) बलबहादुर बस्याल(उपाध्यक्ष) बिनोद प्र. आचार्य(उपाध्यक्ष) रंजित धमला(सचिव )मधुकर शमशेर ज़बरा(कोषाध्यक्ष) , (रा.प्र.पा.-प्रा.-केन्द्रिय सदस्य) हुमा गिरी-सदस्य तिलक केसी(सल्लाहकार) भाई राजा पाण्डे(सल्लाहकार) कुल बहादुर(सदस्य) हरी प्र. पाण्डे शास्त्र दत्त पंत, विष्णु प्र. दाहाल केशव अधिकारी लगाएत धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र समाजसेवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । राजा वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा परी मृत्यु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु