• पूर्वमन्त्री कमला शर्माको निधन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ पुष २०७५, सोमबार २०:११

    काठमाडौं, राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री कमला शर्माको असामयिक निधन भएको छ । रिजा ओभरसिज इम्प्लोइमेन्ट मेनपावरकी संचालक समेत रहेकी शर्माको आज निधन भएको हो । निर्डर स्वभावकी शर्माको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरम ,प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च लगाएत संघ संस्थाले श्रद्धाञ्जली व्यक्त गरेका  छन । पारिवारिक श्रोतका अनुसार श्रद्धाञ्जलीको लागि केहि समयपछि पार्टी केन्द्रीय कार्यालय, चावहिल लैजाने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु