इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १६ गते, सोमबार २०:२०

काठमाडौं। इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि डा.शाक्यलाई राष्ट्रपति भण्डारीव्दारा इजरायलका लागि नेपाली राजदूतमा नियुक्ति गरेकी हुन्।

परराष्ट्र मामिलामा लामो अनुभव भएकी परराष्ट्रविज्ञ समेत रहेकी डा.शाक्यको यो नियुक्तिले नेपाल र इजरायल वीचको संवन्ध अझ सुदृढ हुने निश्चित भएको छ। डा.शाक्य माघ महिनाको पहिलो हप्तातिर नेपाली राजदूतको रुपमा इजरायल जाने भएकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु