• गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजद्वारा टोपी दिवस कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १३:४९

    सगरमाथा झैं उच्च हाम्रो स्वाभिमान, नेपालि टोपी राष्ट्रको पहिचान” भन्ने मुल नाराका साथ गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजले बुटवलको ट्राफिक चोकमा एक कार्यक्रमका बिच राष्ट्रिय टोपी दिवस सम्पन्न गरेको छ ।

     

     

    राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उद्येश्य सहित विगत ५ बर्षदेखी अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको हो । बुटवल क्षेत्रमा आघिल्लो बर्षदेखी समाजले कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा उल्लेख्य रुपमा मानिसहरुको उपस्थिती रहेको थियो । ट्राफिकचोक देखी राम मन्दिर लाईन पाल्पा बसपार्क हुदैं प्रभातफेरी गरि ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

     

    कार्यक्रम को प्रायोजन के.वि. ढाका उद्योग बुटवल र दिगाम युवा संजालले गरेको थियो । कार्यक्रममा न्यून मूल्यमा विभिन्न प्रकारका ढाका टोपीहरु विक्रिको लागि राखिएको थियो । टोपी विक्रि गरेर भएको नाफाको अंशलाई सामाजिक कार्य गर्नको लागि उपयोग गर्ने संस्थाले जनाएको छ । यस संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु