पिडितहरूको घाउमा मलमपटी लगाउने जिम्मेवारी ने.का.को काधमा आएकोले खरोभएर जनताको पक्षमा उत्तिन कार्यकता लाई पाण्डेको निदेशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १७ गते, मंगलवार २१:०९

 पाैष १६।  ४३अाै राष्ट्रिय मेलमिलाप दिवसको अवसमा नेपाली काङ्ग्रेस रूकुम (पश्चिम )ले सदरमुकाम खलंगामा शुभकामना कामना आदन प्रदान कार्यक्रम प्रेम प्रकाश अोलिको सभापति र ने.का.केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको को प्रमुख अतिथि मा सम्पन्न गरेको छ। सभालाई सम्बोधन गदै प्रमुख अतिथि पाण्डेले बिगत द्वन्द्वकालमा भएको ठुलो जनधनको क्षतिबाट पिडा मा रहेका रूकुम को जनता प्रति अहिलेको दुई तिहाई को ने.क.पा .को सरकारले पुर्ण रूपमा अपमान गरेको र पटकपटक सरकारमा पुगेर पनि अहिलेको सरकार उदासीन भएको बताउनु भयो ।

अब ति पिडितहरूको घाउमा मलम पटी लगाउने जिम्मेवारी नेपाली काङ्ग्रेसको को काधमा अाएको हुदा अापसी सहमति एकता र मेलमिलाप गरि एक ढिक्का भएर खरो रूपमा जनताको पक्षमा उत्तिन कार्यकताहरूलाई निदेशन दिनु भयो ।उत्त सभा मा उपसभापति भिम ब.जंगी , सचिव बर्ख ब.खत्री ,महासमिति सदस्य कृष्ण रोका, महाधिवेशन प्रतिनिधि यज्ञ परिवार ,डा.नवराज गाैतम विधाथी नेता सुर्य न्यापाने लगाएत ले आ आफ्नो धारणा राखेका थिए।२०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वाशन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु