कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले दियाे सफाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १७ गते, मंगलवार २१:१८

काठमाडौं–स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष एवम् वेलकेयर अस्पतालका सञ्चालक कैलाश खड्कालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोप लगाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खड्कामाथि बायोमेट्रिक संस्था खडा गरी कामदारलाई ठगेको भन्दै मुद्दा दायर गरेको थियो । खड्कालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले सोमबार सफाइ दिएको हो ।

४९ वटा संस्थाहरुले ठगी गरेको मुद्दा अदालतमा विचाराधिन भइरहेको अवस्थामा काठमाडौं जिल्ला अदालतले वेलकेयर अस्पताललाई ठगी मुद्दामा सफाइ दिएको हो । मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेर ठगी गरेको भन्दै सो अस्पताललाई २ करोड २२ लाख माग दाबी सहित मुद्दा दायर भएको थियो ।
गत जेठ ३ गते श्रममन्त्री गोकर्ण विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेटधारी संस्थाहरु बन्द गर्ने निर्णय गरेका थिए । यसैबीच बायोमेट्रिक सञ्चालक खड्काले भने, ‘सम्मानित अदालतले ढिलै भए पनि न्याय दिएको छ ।’ यसअघि भीएलएनका सञ्चालक राम श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाइ दिइसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु