एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

बलिउड अभिनेता कादर खानको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १७ गते, मंगलवार २१:१६

काठमाडाै ।  प्रसिद्ध बलिउड अभिनेता कादर खानको निधन भएको छ । ८१ वर्षीया एक दिग्गज अभिनेता खानको मृत्यु भएको उनका छोरा सरफराज खानले पुष्टि गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । क्यानडाको एक अस्पतालमा उपचारकै क्रममा निधन भएका खानको अन्तिम संस्कार पनि क्यानडामै गरिने उनका छोरा सरफराजले जानकारी दिएका छन् ।

 

उनका छाेराका अनुसार विगत १६/१७ हप्तादेखि अस्पतालमा उपचाररत रहेका थिए । अभिनेता खान लामो समयदेखि श्वासप्रश्वासको समस्याका कारण पीडित थिए ।

खानका छोरा सरफराजले भने,  ‘बुवाले हामीलाई छाडेर जानुभयो । लामो बिमारीपछि उहाँको निधन भयो । बुवाको अन्तिम संस्कार क्यानेडामै गर्छौँ । हाम्रो सबै परिवार यहीँ बस्छौँ । त्यसैले बुवाको अन्तिम संस्कार पनि यहीँ गर्न लागेका हौँ ।’

लामो समयदेखि बिरामी रहेका खानको दिमागले पनि काम गर्न छाडेको थियो । खान प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर नामको रोगको सिकार भएका थिए ।

यही रोगका कारण खानको दिमागले काम गर्न छाडेको थियो । चिकित्सकले लगातार मेहनत गर्दा पनि बुवाले जिन्दगीको लडाइँ हारेको उनका छोरा सरफराजले जानकारी दिए । कादर खानले ७० को दशकबाट डायलग लेख्नेदेखि फिल्ममा एक्टिङ गर्नेसम्म खुब नाम कमाएका थिए ।

खुन पसिना, लवारिस, परवरिश, अमर अकबर एंथनी, नसिब, कुली लगायतका फिल्ममा पटकथा तथा डायलग लेख्ने कादर खानले अमिताभ बच्चनको करियर उचाइ लैजान ठूलो रोलसमेत खेलेका थिए । तर खानको सुरुवाति जीवन निकै संघर्षपूर्ण रहेको थियो ।

 

अफगानिस्तानमा जन्मेका खानका आमाबुवा बसाई सरेर भारत आएका थिए । खान जन्मनुभन्दा अघि जन्मेका तीन भाइको निधन भएपछि उनका बुवाआमाले अफगानिस्तान छाड्ने निर्णय गरेका थिए ।

भारत आएको केही समयपछि नै आमाबुवाबीच सम्बन्ध विच्छेद भएको र त्यसपछि सौतेनी बुवासँगको साथमा बालापन कष्टकर रुपमा बितेको उनले अन्तरवार्ताकै क्रममा बताएका थिए । ८०-९० को दशकमा कादर खान गोविन्दा र अनिल कपूरको साथमा कैयौँ फिल्ममा अभिनेताको भूमिकामा देखिए ।

सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’बाट बलिउडमा कदम राखेका खानले तीन सयभन्दा बढी फिल्ममा काम गरेका छन् ।

‘दो और दो पाँच,मुकदरका सिकन्दर, मिस्टर नटवरलाल, कुली’ जस्ता सुपरहिट फिल्ममा खानले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अभिनेता खानले बलिउडका करिब ३०० चलचित्रमा अभिनय समेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु