• ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रमको घोषणाः नोमिनेशन सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १९:१४

    काठमाडौं, १८ पुस । मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार एक समारोहको वीच ‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

    मधेशी पत्रकार समाजद्वारा मधेशका लागि योगदान दिने एक सय जना व्यक्तित्वलाई सम्मान गरिने भएको छ । मधेशभित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशका लागि योगदान दिने सय जनाको पहिचान गरी सम्मान गरिने कार्यक्रम सार्वजनिक भएको छ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मोहन सिंहसहितका पदाधिकारीले ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

    ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रममा जनवरी भरी नोमीनेशन गर्ने, फरवरीमा भोटिङ्ग र मार्चमा छानिएर आएका हिरोलाई अवार्ड गर्ने कार्यक्रम रहेको अध्यक्ष सिंहले बताए ।
    विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको व्यक्तित्वलाई खोजी र अनुसन्धानको काम सुरु गरिसकेका छौं’ अध्यक्ष सिंहले भने, ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङ् गराई तथा ५० जनाको खोजी गरि अवार्ड गर्नेछौं ।

    अध्यक्ष सिंहका अनुसार बिभिन्न १० विधाका १०÷१० जनालाई सम्मान तथा अवार्ड गर्ने लक्ष्य रहेको छ । आर्थिक, शैक्षिक, कृषि, सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट मधेशका लागि योगदान दिएकाहरुको छनौट गरी ‘मधेशको हिरो’ संज्ञा दिदैं सम्मान गरिने भएको छ । यस कार्यक्रमका सम्पूर्ण गतिविधी ‘द १०० हिरोज अफ मधेश’ को फेसबुक पेजबाट सार्वजनिक हुने अध्यक्ष सिंहले जानकारी दिए ।
    कार्यत्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा. कुन्दन अर्याल, कान्तिपुर दैनिकका पत्रकार दिनेश यादव, आर्थिक मामिलाका जानकार भाष्कर ठाकुर, अधिवक्ता सुनिल रंजन सिंहलगायत राजनीतिकर्मी, समाजिक अभियन्ता, पत्रकार तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु