जापान कामदार पठाउने कुनै निर्णय भएको छैन : विभाग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १९ गते, बिहीबार ०८:५४

काठमाडौं– जापान रोजगारीको नाममा सोझा नेपाली युवाहरु गगिने क्रम शुरु भएको छ । जापान सरकारले नेपालसहितका देशबाट कामदार लैजाने निर्णय गरेपछि आधिकारिक रुपमै हामी जापान पठाउँछौं भन्दै दलालहरु सल्बलाउन थालेका छन् । उनीहरुले पत्रपत्रिकामा विज्ञापन नै प्रकाशित गरेर जापन पठाउने प्रक्रिया सुरु भएको भन्दै भ्रम फैलाएका हुन् । वैदेशिक रोजगार विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै  जापानको लागि वैदेशिक रोजगारमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि प्रकाशित विज्ञापनप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

यो कार्यमा व्यक्ति र कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनको लागि इजाजत प्राप्त संस्थाहरु समेत संलग्न भएको पाइएको विभागले जनाएको छ । तर, विभागले हालसम्म नेपालबाट जापानमा वैदेशिक रोजगारका लागि कामदारहरु पठाउने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘यस विषयको निर्णयको पारदर्शिता हुने नै हुँदा जापान पठाउने भनी संस्थागत र व्यक्तिगत कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानुन विपरित देखिन आएकोले तत्काल यस्ता गतिविधि नगर्नु÷नगराउनु हुन सबैमा सूचित गरिन्छ ।’ विभागले यसप्रकारको गैरकानुनी क्रियाकलाप गरे र गराइएको पाइएमा  वैदेशिक रोजगार ऐनरनियम अनुसार तत्काल कारबाही गरिने चेतावनी समेत विज्ञप्तिमार्फत दिएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु