पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाले घट्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १९ गते, बिहीबार ०९:०१

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैया घटाएको छ। समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ।

यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो। नयाँ मूल्य आज बुधवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु