काठमाडौँ – आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई ट्राभलले सटल बस सेवा सुरु गरेको छ । ट्राभलले पानीपोखरीदेखि चन्द्रागिरीसम्म सटल बस सेवा सुरु गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोहखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्म सेवा प्रदान गर्नेछ ।
यसैगरी, उक्त बस साँझ ४ बजे उही रुट हुँदै पानीपोखरीसम्म आइपुग्ने छ । चन्द्रागिरिसम्म पुग्ने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सटल बस सेवा सञ्चालन गरेको ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए ।
श्राेतः janasawal.com