काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. का चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट प्रा.लि.का रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । आइपे रेमिटका इन्द्र शर्मा सचिव र सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्षमा निर्बाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) छानीएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहेका छन् ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने बताए ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो । हाल एसोसिएसनले रेमिटेन्स कम्पनीहरुको हकहित संगै विदेशबाट रेमिटेन्समार्फत नै रकम भित्र्याउन पहल गर्दै आइरहेको छ । हाल रेमिटेन्सहरुको संख्या दिन दिनै बढिरहदा पनि हुण्डीमार्फत विदेशबाट रकम भित्रिने क्रम भने जारि नै रहेको छ । हाल अस्ट्रेलिया,दक्षिण कोरिया,हंगकंग,मलेसिया,यु ए इ लगाएतका देशबाट रेमिटेन्समार्फत भन्दा पनि हुण्डीमार्फत नै बढी रकम देश भित्रने गरेको छ ।
श्राेतः janasawal.com