• विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण  हात रहन्छ  : अध्यक्ष श्रेष्ठ 

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ पुष २०७५, शनिबार १८:३६
    ललितपुर, २१ पौष- ललितपुर महानगरपालिका ०५ का वडा             अध्यक्ष विकासमान श्रेष्ठले विकास-निर्माणमा जनसमुदायको महत्वपूर्ण हात रहने बताएका छन् । उनले शनिबार महालक्ष्मीस्थानमा सम्पन्न श्री महालक्ष्मी टोल बिकास संस्थाको साधारणसभा माझ बोल्दै उक्त धारणा राखेका  हुन । कार्यक्रम माझ बोल्ने क्रममा उनले भने  ‘जनप्रतिनिधी भनेका विकास-निर्माणका सारथी हुन, यस कामलाई योजनाबद्ध र सफलतापुर्बक सम्पन्न गर्न जनसमुदायको ठुलो हात रहन्छ ।’ बिकासमुलक काममा टोल बिकास संस्थाको भूमिका उत्तिकै महत्वपूर्ण रहने उनको जिकिर थियो ।
    कार्यक्रममा श्री महालक्ष्मी टोल बिकास  संस्थाका अध्यक्ष रमेश शाक्यले टोलबासी सबैको रचनात्मक सहयोगबाट नै टोलको बिकासले द्रुततर गति लिन सक्ने अौल्याएका थिए ।
    उक्त साधारणसभामा  वडा सदस्यद्वय पुनम निरौला, मैया रिजाल लगायतले बोलेका थिए ।
    सोही अवसर माझ वडा अध्यक्ष श्रेष्ठले  संस्थाका पदाधिकारी एबम सदस्यहरुलाई सम्मान  गरेका थिए ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु