दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ, हाम्रै नेता भएपनि पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन’ : सांसद चौधरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २१ गते, शनिबार १८:४८

काठमाडौं, २१ पुस ।समितिका अर्का सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभुत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे । उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।
समितिले सोमबार सर्वसम्मतीमा प्रतिवेदन पारित गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘कांग्रेसकै नेता भएपनि कारबाही हुन्छ । जीवनबहादुर शाही र जीतेन्द्र देवको सवालमा पार्टीको तर्फबाट कुनै ढाकछोप हुँदैन ।’

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो प्रकरणमा जसले गलत गरेको छ उसलाई कडा कारबाही हुनुपर्छ भनेर सार्वजनिक रुपमा बोलिसकेको सुनाउँदै चौधरीले दोषीहरुलाई कडा कारबाही हुनुपर्ने स्पष्ट पारे ।
उनले उपसमितिले प्रतिवेदन ल्याएसँगै सरकारले ३ सदस्यी उच्चस्तरीय छानबिन न्यायिक समिति गठन गर्नुले प्रश्न खडा गरेको पनि गुनासो पोखे । उनले भने,‘कतै उपसमितिको प्रतिवेदन त दराजमा राखिने होईन ? त्यस्तो नहोस् ।’
वाईडबडी विमान खरिद प्रक्रियाको पाईला–पाईलामा घोटाला भएको उनको दाबी छ । उनले भने,‘यो घोटाला गर्ने जो कोही होस, सबैलाई कारबाही गर्नुपर्छ । दोषी उम्किन पाउनुहुँदैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु