मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चालेको गौतमको अवरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २१ गते, शनिबार १८:४७

काठमाडौं, २१ पुस ।नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाईडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परीणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए ।
गौतमले सार्वजनिक लेखा समिति वा उपसमिति भनेको संसदको ‘मिनि–पार्लियामेन्ट’ भएकोले सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर गलत गरेको गुनासो पोखे । उनले सरकारले संसदीय समितिलाई अवरोध गर्नेगरि हस्तक्षेपकारी कदम चाल्न नहुने धारणा राखे ।
गौतमले भने,‘सरकारले सार्वभौम संसदलाई अंकुश लगाउने कुरा क्षम्य हुँदैन । लेखा समितिको प्रतिवेदनमा चित्त बुझेन भने सार्वभौम संसदमा छलफल हुनुपर्छ । तर, संसदीय समितिलाई काम गर्न नदिएर दबाबमूलक काम गर्नुहुँदैन् ।


आफूले नै यो प्रकरणमा संसदमा विषय टेबल गराएको पनि उनले जनाए । उनले भने,‘विमान खरिद प्रक्रिया नै गलत थियो । विमानको भारहन क्षमता नै सम्झौता गर्दा एउटा र ल्याउँदा अर्के छ । २४२ मेट्रिक टन हुनुपर्नेमा जहाज ल्याउँदा २३० मेट्रिक टनमात्रै छ । ९ वटा ट्वाईलेट भएको किन्नुपर्नेमा ७ वटामात्रै भएको किन किनियो ?’ आफूले फेरि पनि यो विषयमा संसदमा कुरा उठाउनेपनि गौतमले जनाए ।
उनले नेपालमा भ्रष्टाचार न्यूनीकरणमात्रै नभएर पूरै समाप्त गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनको लागि अब पूरानो धङधङीबाट हिँडेर नहुने उनको धारणा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु