पर्यटन सम्बन्धी ज्ञान पर्यटन विद्यार्थी कै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउछौ :- रोज किरण रावत सस्थापक तथा अध्यक्ष नेपाल पर्यटन विद्यार्थी सन्जाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २२ गते, आईतवार १८:४३

काठमाडौ , पुस २२ हामी पर्यटन अध्ययनरत बिध्यार्थीहरुले नेपाल पर्यटन बिध्यार्थी संजाल नामक सामाजिक सस्थाको स्थापना गरेका गरेका छौ ।यो एउटा गैरसरकारी , सामाजिक अनि नेपाली पर्यटन उत्थानका लागी स्थापित पर्यटन तथा होटेल ब्यवस्थापन अध्ययनरत बिध्यार्थीहरुको संजाल हो । नेपाली पर्यटन बिध्यार्थीहरुलाइ बिभिन्न माध्यमबाट जोडेर नेपाली पर्यटनको प्रचारप्रसार गर्न र उद्यमशिल क्षमताको बिकास गर्ने उद्देश्यले यो सस्थाको परिकल्पना गरिएको हो । पर्यटन बिकासका लागी स्रोत र साधनको सदुपयोग गर्न सिक्न , पर्यटन सम्बन्धी ज्ञान पर्यटन बिध्यार्थीकै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउन र समग्र पर्यटन तथा होटेल ब्यवस्थापन बिध्यार्थीहरुलाइ एकआपसमा जोडि सिर्जनात्मक बिचारहरु आदानप्रदान गरि नेपाली पर्यटन प्रबर्द्धनका लागी उच्चस्तरीय योगदान पुर्याउने यस्को मुख्य लक्ष्य हो । यस्को प्रधान कार्यालय तारकेस्वर न.पा. वडा न. ८ काठमाडौमा रहेको छ । नेपालमा पर्यटन सम्बन्धी अध्ययन गरिरहेका पर्यटन बिध्यार्थीलाइ अध्ययन संगसंगै खोज पर्यटनतिर पनि लाग्न उत्प्रेरित गरि नेपाल राज्यभर भएका पर्यटकिय गन्तव्यहरुबारेमा बिस्तृत बिवरण पत्ता लगाइ नेपाली पर्यटनको प्रचारप्रसार र बिकास गर्ने हाम्रो मुख्य कर्तव्य हुनेछ । यसले बिध्यार्थीलाइ नेपाली पर्यटन बिकासमा बढी जिम्मेवार बन्न प्रेरणा दिनेछ । हामी देशका ७७ वटै जिल्लामा हाम्रा पर्यटन साथीहरुलाइ जिल्ला पर्यटन दुत (District Tourism Student Ambassador-DTSA ) को रुपमा जिम्मेवारी दिनेछौ ।

जसले आफ्नो सम्बन्धित जिल्लाबारेमा पर्यटकिय महत्व , सम्भावना ,अवसर ,चुनौती , सुबिधा ,असुविधा आदि इत्यादि बारेमा बिस्तृत प्रतिबेदन र तथ्यांकहरु खोज्ने छ । जिल्लाको बारेमा बिस्तृत पर्यटन प्रतिबेदन निर्माण गर्न हामिले संबंधित जिल्लाका स्थानीय प्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी , समाजसेवी तथा राजनीतिक ब्यक्तित्व , ब्यापारी , बिध्यार्थी , स्थानीय बासिन्दा सबैको सहयोग र साथ लिनेछौ । हामी नेपालका प्रत्येक नागरिकलाइ देशको समग्र पर्यटन र पर्यटकीय गन्तव्यबारेमा जानकारी दिनेछौ । देशको पर्यटन बिकासको लागी हाम्रा कलासस्कृती ,रहनसहन ,भेषभुषा , बाजेबराज्युले खाने गरेका खानाका परिकारहरुको संरक्षण अब हामी नयाँपुस्ताले गर्ने अठोट गरेका छौ । हाम्रा पुर्खाले हामिलाइ सुम्पेका सम्पतिहरुको सदुपयोग गर्दै उध्यमशिलतातर्फ अगाडि बढी पर्यटनको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइ समृद्द देशको समृद्द नागरिक बन्ने हामी पर्यटन बिध्यार्थीको सपना छ ।

देशमा एक्लैले अथवा एक जनाको प्रयासले मात्रै पर्यटन बिकास सम्भव छैन त्यसैले हामी एक एक जना तर एकैपटक आत्मबिस्वास , इच्छाशक्ति , शिप , जागरका साथ लाग्दै छौ । परिवर्तन हाम्रै पालामा सम्भव छ यो हामिले अंतरआत्मा देखिनै बुझेका छौ । अहिले नेपाली पर्यटनको बिकास हुदै गर्दा केहि गलत र सँकुचित सोच राखेका पर्यटन ब्यवसायीहरुले नेपाल आउने पर्यटकहरुमा नराम्रो ब्यवहार अनि कृतिम समस्या सिर्जना गरि पर्यटकहरुलाइ अनावश्यक दु:ख दिने काम भैरहेको छ ,यसबारेमा पनि हामी कडा कदम चाल्ने छौ । पर्यटन बिध्यार्थीमा बढिभन्दा बढी सिर्जनशीलता , आत्मबिस्वास , उध्ययमशिलता , सकारात्मक सोचको बिकास गर्न हामीले जोड दिनेछौ । हामिले स्वदेशमै अवसरहरु शिर्जना गर्ने वातावरणको निर्माणतर्फ ध्यान दिनेछौ ।

हामिले नेपाल सरकारका पर्यटनसम्बन्धि हरेक गतिविधिहरुमा साथ र सहभागीता जनाउने छौ । अब आउदै गरेको नेपाल भ्रमण बर्ष 2020 (Visit Nepal Year 2020) लाइ सफल बनाउन हामी पर्यटन बिध्यार्थीहरुले नेपाल सरकारलाइ स्वयंसेवकको रुपमा सहयोग गर्ने छौ । हामिले देशभरको पर्यटन प्रचारप्रसारमा नया निति तथा कार्यक्रमहरु ल्याउने छौ । सोच्नुपर्ने र गर्नुपर्ने धेरै छ । हजुरहरुको साथ ,सल्लाह ,सुझाव र टिप्पणीहरुले हामिलाइ ठुलो मदत र प्रेरणा मिल्नेछ । संस्थाको उद्देश्यहरु संक्षिप्तरुपमा :- क ) पर्यटन बिध्यार्थीको माध्यमबाट नेपालको पर्यटनको प्रचारप्रसार गर्ने । ख) पर्यटन बिध्यार्थीमा उध्यमशिलताको बिकास गर्ने । ग) पर्यटन विद्यार्थीलाइ एकआपसमा जोडि पर्यटन सम्बन्धी सिर्जनात्मक बिचारहरु आदानप्रदान गर्ने । घ) पर्यटनको हिसाबले महत्वपूर्ण पुराना कलासस्कृती र सम्पदाहरुको संरक्षणमा युवापुस्तालाइ जागरुक गराउने । ङ ) पर्यटनसम्बन्धी ज्ञान र शिप पर्यटन बिध्यार्थीकै माध्यमबाट ग्रामीण क्षेत्रसम्म पुर्याउने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु