हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

पोखरामा ६ करोड लगानीमा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २३ गते, सोमबार १९:०२

पोखरा / पोखराको महेन्द्रपुल बाँस्तोलाथरमा ६ करोड लगानीमा ब्राउन आइज रिसेप्सन (पार्टी प्यालेस) सञ्चालनमा आएको छ । युवा व्यवसायी सुवास श्रेष्ठको लगानीमा पोखरामा नै पहिलोपटक दुइतले पार्टी प्यालेस सञ्चालनमा आएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको पार्टी प्यालेसमा तीन वटा हलहरु रहेका छन् । ठूलो हलमा ८ सय, मध्यम हलमा ५ सय र सानो हलमा ३ सय जनालाई सेवा दिन सकिने ब्राउन आइज रिसेप्सनका प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

 

‘हामीले एकैपटक गरेर १६ सय जना भन्दा बढिलाई सेवा दिन सक्छौं, विवाहका ठूला पार्टीदेखि लिएर विभिन्न कार्यक्रमका साथै सभा सेसिमनारका लागि उपयुक्त हुने गरेर हलहरुको डिजाइन गरिएको छ,’ उनले भने ।

 

पार्टी प्यालेसभित्र ५० वटा गाडी तथा डेढसयवटा मोटरसाइकल अट्ने पार्किङ क्षमता रहेको छ ।

पोखराकै ठूलो पार्टी प्यालेसको रुपमा ब्राउन आइज रिसेप्सन सञ्चालनमा आएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘हामीले पार्टी प्यालेसभित्र नै रेष्टुरेन्ट र लजको पनि सुविधा दिएका छौं,’ उनले भने ।

 

पोखराका ठूला होटलको ब्याङ्केटको विकल्पमा पार्टी प्यालेस सञ्चालनमा ल्याएको उनले बताए । ‘ठूला र पाँचतारे होटलमा पुग्न नसक्ने सेवाग्राहीलाई त्यहि सेवा र सुविधा बराबर हामी सेवा दिने गरि आएका छौं,’ उनले भने ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु