एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

त्रिभुवन विमानस्थलमा बिदेशबाट फर्किनेले ल्याउने सामानमा कडाई, कुन सामान कति ल्याउन पाउने ? हेर्नुस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २३ गते, सोमबार १९:०२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट बिदेशबाट आउनेले ल्याउने सामानमा कडाई गरिएको छ । जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको छ । त्यसअघि कतिपय सामानमा सहुलियत दिइँदै आएको थियो ।

विदेशबाट आउनेले खासगरी इलेक्ट्रोनिक्सका सामान र मदिरामा केही सहुलियत पाउँदै आएका थिए । अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुने छ ।

ऐनअनुरुप १ लिटरभन्दा बढी मदिरा ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दिइएको थियो । ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ । जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन ।

त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ ।

जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ । त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ । तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ ।

म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ । पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ । डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै–गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ ।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ ।

यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ । कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु