ए.टि.एम मेसिन फुटाउन खोज्ने २ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २४ गते, मंगलवार १८:३९
 काठमाण्डौ, २४ पुस  महानगरीय प्रहरी वृत्त जगतीबाट खटिएको प्रहरी टोलीले  ए.टि.एम मेसिन फुटाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ ।
 प्रहरीले  बनेपा बस्ने काभ्रेका रमेश पाण्डे र भक्तपुर सुर्यविनायक बस्ने दिनेश सुकु भट्ट लाई यहि २३ गते दिउसो ०२स्०० बजे सुर्यविनायक बाट पक्राउ गरेको हो । भट्ट र पाण्डेले यही पुस १८ गते बुधबार बेलुका ०८: ४५ बजे सुर्यविनायक नगरपालिका- ५  मा रहेको सानिमा बैंकको ए.टि.एम मेसिन फुटाउन खोजेकाले फुटेजको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगतीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु