दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

पाटे बाँघको छाला, हड्डी सहित दुई जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २४ गते, मंगलवार १८:५४

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क क्षेत्रबाट पाटे बाँघको छाला, हड्डी सहित दुई जनालाई पक्राउ गरिएको छ ।

प्रदेश अनुसन्धान ब्युरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटी गएको प्रहरी टोलीले गोप्पे सुचनाका आधारमा आज दिउँसो पक्राउ गरेको हो ।

जसमा दैलेख गुराँस गाउँपालिका वडा नम्बर २ का ३६ बर्षिय कमल बहादुर खत्री र कंञ्चनपुर पुर्नवास नगरपालिका वडा नम्बर ४ का २० बर्षिय हरी ढकाल रहेका छन ।

उनीहरुको साथबाट ९ फिट ९ इन्च लम्बाई र २ फिट ३ इन्च चौडाइ पाटे बाँघको छाला र ५६ थान त्यसका हड्डी समेत बरामत गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

उता कोहलपुर नगरपालिका वडा नम्बर १० हाइस्कुल नजिकबाट बिहान १० बजे तिर वान मिलियन लेखीएको युएसए डलर नोट एक थान सहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

जसमा जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर ६ का २९ बर्षिय चक्र बुढा रहेका छन । उनीमाथी अहिले प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

onlinenepalgunj.com बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु