काठमाडौँ–मंगलबार बिस्व साइकलयात्री खग बहादुर (यासिन मामा ) खत्रीले कतारको गृहमन्त्रालय अन्तर्गतको कम्युनिटी पुलिसिङ्ग डिपार्टमेन्टका प्रमुख लेफ्टिनेण्ट कर्णेल सुल्तान मोहम्मद अल काअबी, मेजर मुहम्मद अहमद अल मुहन्नदी र कम्युनिटी कोअर्डिनेटर डाक्टर बहाउद्दिन अल हुदावी सङ्ग रास्ट्रिय मानव अधिकार समिती कतारका नेपाली संयोजक तथा कतारका सबै नेपाली हरुको हरेक सुख दु:खमा अहोरात्र खटिने मोहम्मद रमजान अलि मियाको साथमा बिस्व साइकल यात्राका बारेमा महत्त्वपूर्ण भेटघाट सम्पन्न भएको छ ।
खत्रीले कतार बसाइको एघारौं बर्षमा यस प्रकारको भेटघाट भएको र भेटघाटले आफ्नो बिस्व साइकल यात्रामा इट्टा थप्ने काम भएको बताए. खत्रीले आफ्नो यात्रामा जन्मभूमिबाट मात्रै नभई कर्म भूमिबाट पनी सदभाब र आत्मियता पाएकोमा धेरै खुसि लागेको बताए. उनले भने कतारले मलाइ जुन सम्मान दियो यो वास्तवमा मेरो मात्र नभइ राष्ट्रको र एक बिश्व साइकल यात्री र मातृभुमी नेपालको पनी उच्च सम्मान भएको बताए । भेटमा साइकल यात्रामा घुम्दा आवश्यक पर्ने अत्यन्तै बहुमुल्य सामान र सामाग्री प्रदान गरेकोमा कम्युनिटी पुलिसिङ्ग बिभाग प्रती पनी अत्यन्तै ऋणी भएको खत्रीले बताए. मेरो मातृभुमी नेपाल बिश्वकै शान्ति क्षेत्रको रुपमा स्थापना भएको र कर्मथलो कतार पनि बिश्वमा शान्ति र भाइचारा बाड्न हरेक क्षेत्र बाट कृयाशिल रहेकोमा आफ्नो यात्राले यस्लाई थप सहयोग पुग्ने खत्रीले जनाए ।
उनले भेटमा सन २०२०को नेपाल पर्यटन बर्ष र २०२२ मा कतारमा हुने बिश्वकप फुटबलको शुभकामना आदानप्रदान समेत गरेकोमा अत्यन्तै खुशी लागेको बताए । यी दुवै अवसरहरु दुवै देशका नागरिकका निम्ति कल्चरल एक्स्चेन्जका निम्ति कोसेढुङ्गा साबित हुन सक्ने भएकोले दुवै देशका नागरिकले सहकार्य गरि अगाडी बढदा दुवै देशलाई फाइदा पुग्ने खत्रीले दाबी गरे । उनले आफ्नो बिस्व साइकल यात्रा पनी दुवै देशको झन्डा लिएर गर्न लागेको बताए l खत्रीले आफ्नो यात्रामा साथ सहयोग र समर्थन गर्ने सबैलाई बिसेष धन्यबाद समेत दिए l
श्राेतः janasawal.com