भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २६ गते, बिहीबार ०९:०८

काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई०सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् ।

त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । आज पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले राससलाई जानकारी दिनुभयो । उहाँले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताउनुभयो । कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ ।

युइर्एमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ । युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ । नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु