क्यालिफोर्निया – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्तिको उपलक्षमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण तयारी पूरा भएको आयोजकहरुले बताएका छन। हालै जनवरी ५ मा क्यास्ट्रो भ्यालीमा बसेको समिक्षा बैठकले तयारी उत्साह जनक रहेको ठहर गरेको हो।
युवा समाज सेवी प्रिन्स युवराज कार्की सँयोजकत्वमा सामाजिक अगुवाहरु चन्द्र धिताल, उत्तम कार्की, अनिल पाण्डे, यज्ञ प्रसाद नेपाल तथा मणी नेपाली पनेरु सदस्य रहेको एक मूल समारोह समितीको गठन भएको छ । यसैगरी, उक्त समितिले थप ३ जना सदस्य थप गरेको छ । नयाँ सद्स्यहरुमा नारायण सोम्नामे, पदम लामा तथा सुनिता गुरुङ इस्टर्ले रहेका छन्।
“वीर पुर्खाहरुको सम्मान गरौँ” भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु सहभागिता रहने भएको छ । नेपाल देश र नेपाली जनताप्रतीको साँचो मायाँले प्रेरित भई सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।