काठमाडौं : गैर आवासीय नेपाली संघले पहिलो पटक काठमाडौंमा आयोजना गरेको विज्ञ सम्मेलनको श्वेतपत्र तयार भएको छ । गत अक्टोवर १२ १४ मा काठमाडौंमा आयोजना गरिएको विज्ञ सम्मेलनको श्वेतपत्र तयार भएको हो । विज्ञ सम्मेलनले औल्याएका सुझावसहित तीन महिनाभित्र श्वेतपत्र जारी गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको थियो । सोही अनुसार तीन महिनाको प्रयासपछि श्वेतपत्र तयार गरिएको हो ।
विज्ञ सम्मेलनका संयोजक हेमराज शर्माले विज्ञ सम्मेलनको श्वेतपत्र तयार भएको जानकारी दिए। संयोजक शर्माका अनुसार श्वेतपत्र २३ बुँदे सुझावसहित ७६ पेजको बनेको छ । विदेशी पूँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने उद्देश्यले विज्ञ सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनका विभिन्न सत्रमा १ सय ६० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जसअन्तर्गत हरेक सेसनले समस्या पहिचान गर्दै कुन कुन निकायसँग कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गरेको छ । नेपाल सरकार सहआयोजक रहेको सो सम्मेलनमा विश्वभरीका तीन सयभन्दा बढी विज्ञहरु सहभागि थिए। श्वेतपत्र नेपाल सरकारलाई भोली हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
श्राेतः janasawal.com