सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

बिरामीले पैसा तिर्न नसकेपछि गरे आगो लगाएर आत्मदाह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २६ गते, बिहीबार १८:५६

उदयपुरः उपचार अभावका कारण एक बिरामीले आगो लगाएर आत्मदाह गरेका छन् । उदयपुरगढी गाउँपालिका– ४ सातबोटे बस्ने ४८वर्षीय शेरबहादुर कार्की (ख) ले बुधवार राति परालको गोठ लागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस तथा मृगौला रोगी कार्की उपचारको क्रममा धेरै खर्च लाग्ने भएको र आफूले उपचार गर्न नसक्ने भएपछि अस्पतालबाट फर्केर रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेका थिए ।

उनलाई राति घर नजिकै परालको गोठमा आगोमा परी घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए । आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । उनको बुधबार राति २ बजे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

आगोमा जलेका मृतक कार्कीको साथमा विषादीसमेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भैरहेको एसपी राईले बताए । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

श्राेत्ः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु