पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

कंसाकारलाई सरकारले तत्काल निलम्बन नगर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २७ गते, शुक्रबार ०८:२७

काठमाडौं : सरकारले नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने भएको छ । संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले पूर्वन्यायाधीश गोविन्द पराजुलीको नेतृत्वमा आयोग गठन गरेको थियो, जसलाई ४५ दिन म्याद दिइएको छ । विपक्षी दलका नेताले समेत माग गरेर आयोग बनाएको भन्दै बास्कोटाले यसलाई ढाकछोपको प्रयासका रुपमा नबुझ्न आग्रह गरे । ‘उपसमितिबाट केही कुरा आयो, मूल समितिको अर्को आयो’ उनले भने, ‘हतारमा निर्णय गर्नुभन्दा आयोगको निष्कर्ष आएपछि यो विषयले अन्तिम किनारा पाउँछ ।’

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु