-ललन कुमार चौरसिया
पुष २८ काठमाडौँ। राष्ट्रिय स्टेन्डिङ टी २० प्रतियोगिताको विजेता नेपाल निलो पुरस्कार भएको छ। दोस्रो बृहत राष्ट्रिय खेलकुद पारा अन्तर्गत राष्ट्रिय स्टेन्डिङ टी २० क्रिकेट प्रतियोगितामा नेपाल निलोले जित हात पारेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा नेपाल निलोले नेपाल रातोलाई ५३ रनले पराजित गर्यो। एक घण्टा ढिलो सुरु भएको कारण १६ ओभरमा छोटयाईएको खेलमा नेपाल रातो र्टच जितेर नेपाल निलोलाई व्यटिङ निमित्तयाउदा नेपाल निलो ९ विकेटको क्षतिमा १३५ रन बनाईएको थियो।
जवाफमा नेपाल रातोले १४ ओभरमा पुरै विकेट गुमाउँदै ८२ रन बनायो। आयोजित प्रतियोगितामा नेपाल निलोका छबिलाल धोबी म्यान अफ द म्याच चुनियोको थियो। २६ रन बनाउनुका साथै ४ विकेट लिएर छबिलाल धोबी उत्कृष्ट बलर पनि बनेको थियो। नेपाल रातोका प्रशान्त खरेल उत्कृष्ट फिल्डिङ घोषणा भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि (राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव) केशवकुमार विष्ट, व्हीचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा अध्यक्षाता गर्नु भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि संचारकर्मीहरुको उपस्थिति रहेको थियो।