दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मणिग्राममा ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २९ गते, आईतवार १८:२५

काठमाडौं, २९ पौष- रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स आयोजना गर्दैछ।उक्त सम्मेलन माघ ४ र ५ गते तदनुसार जनवरी १८ र १९ मा मणिग्राम बुटवलमा हुन लागेको हो । रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट १,००० युवा प्रतिनिधिहरु सहभागी हुने अनुमान छ। सम्मेलन युवाहरुको लागि स्थान सृजना(क्रिएटिंग स्पेसेस फर युथ) मूल विषय (थिम) मा आधारित रहने छ।

रोटर्याक्ट डिस्ट्रिक्टका अनुसार यस्तो विषय राख्नुको उद्देश्य रोटर्याक्ट जस्तो सामजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनु हो साथै यस्ता युवा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दा आवाज उठाउनु पनि हो। सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनमा युवा नेता एबम सांसद गगन थापा, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनीतिज्ञ रहबर अन्सारी लगायत डिस्ट्रिक्ट गभर्नर रोटरियन चिन्तामणि भट्टराई,डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन राजीव पोख्रेल आदी उपस्थितीको तयारीमा रहेको जानकारी अायोजकले गराएको छ ।

साथै केहि युवाको क्षेत्रमा कृयाशिल गैर सरकारी संस्थाहरु पनि सम्मेलनमा समावेश हुने बताईएको छ ।

सम्मेलनलाई सफल पार्न स्थानिय स्तरमा रोटर्याक्ट क्लब अफ बुटवल, रोटर्याक्ट क्लब अफ तिनाउ सिटी, रोटर्याक्ट क्लब अफ भैरवहा, रोटर्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउन र रोटर्याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजले संयुक्त ब्यवस्थापनको जिम्मेवारी सम्हाल्दै छन ।

नेपालमा १२६ वटा रोटर्याक्ट क्लब

नेपालमा रोटर्याक्ट क्लब रोटरी इन्टरनेशनल सँग आवद्द युवा सामाजिक संस्था हो। रोटर्याक्ट क्लब रोटरी क्लबको युवा भ्रातृ संस्था हो र हाल नेपालमा १२६ वटा क्लबहरु छन्। ५००० को हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु र नेतृत्व विकासमा कामहरु गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु