काठमाडौं, २९ पुस । वाइडबडी खरिद प्रकरणमा छानविन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएपछि उक्त प्रतिबेदनको सार्बजनिक रुपमै बिरोध भएको छ । उक्त प्रतिवेदन सार्बजनिक भएसंगै एकपटक राजनीतिक वृत्तमा तुफान नै आएको थियो । तर प्रतिबेदन अत्यन्तै अपरिपक्व र पुर्वाग्रहगस्त प्रतिवेदन भनि सर्वत्र आलोचना भयो । आखिर यो प्रतिवेदनको मस्यौदा तयार पार्ने को भनि लेखा समितिकै केही सदस्यहरुसङ्ग आन्तरिक रुपमा बुझ्दा नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले दिएको सुचना अनुसार प्रतिवेदनको मस्यौदा तयार पार्नमा सार्वजनिक लेखा समितिको सचिवालयले एक स्वघोषित लेखा समिति विज्ञ सोमबहादुर थापालाई ल्याएको र थापाकै सहयोगमा प्रतिबेदन सार्बजनिक गरेको बताए । थापालाई लेखा समिति विज्ञको रुपमा किन र के को लागि ल्याइयो राजनीतिक वृत्तमा चर्चाको बिषय बनेको छ । तर जनसवाल दैनिकले पाएको सुचना अनुसार सोमबहादुर थापा सार्वजनिक लेखा समितिमा वर्षौं सम्म सचिवको रुपमा काम गरेका एक भुतपुर्व अधिकृत हुन् । निजकै सकृयतामा दश वर्ष पहिले नेपाल वायुसेवा निगमले ६ वटा विमान खरिदको लागि मिति २०६५।१२। २५ मा गरेको टेण्डर सम्बन्धि फाइलहरु लेखा समितिमा तान्न लगाएको थियो ।
ती ६ वटा विमान थप्नमा निगमलाई रोक लगाउनमा ठूलो भुमिका खेल्ने निज थापा नै रहेका थिए । अहिलेको बिमान खरिदमा पनी पर्दा पछाडिको हिरोको रुपमा थापाले नै भिलेनको रोल खेलिरहेका छन । आखिर उनी कहाँबाट संचालित छन् र के उद्देश्यले अहिले फेरि विज्ञको रुपमा लेखा समितिमा छिरे त ? समिति सभापति भरत शाहले छानविन गर्नु जरुरी छ । यस सम्बन्धमा जनसवाल दैनिकले पनि खोजतलास गर्दा उनि हवाई माफियाको इसारामा चल्ने एक निगम बिरोधी अधिकृतको रुपमा निगम भित्र चिनिने र निगमको वर्तमान अर्थ विभाग प्रमुख युवराजसँग नजिकको मान्छे रहेको निगम स्रोतले बतायो । थापा पहिले देखि नै अन्तरास्ट्रिय हवाई माफियाबाट संचालित भएको निगमका केही पदाधिकारीले नाम नबताउने सर्तमा बताए ।
पहिलेदेखि नै अन्तरास्ट्रिय हवाई माफियाबाट संचालित र नेपालका हवाई माफियाको इसारामा हिड्ने थापालाई लेखासमितिले विज्ञको रुपमा गोप्य रुपमा राखेपछि समितिको प्रतिबेदनप्रति नै आशंका खडा भएको हो हुन त सरकारले नै उक्त प्रतिबेदन प्रर्ति आशंका गर्दै अर्को छुट्टै समिति गठन गरेको छ । निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई ल्याउन सफल भएपछि हौसिएका हवाई माफियाको समुहले तत्कालै निगमको अर्थ विभाग प्रमुखमा चार्टर एकाउन्ट उमेश पौडेललाई हटाइ कानुन शाखाका युबराज अधिकारीलाई ल्याउन सफल भए । निगममा चाररचार जना चार्टर एकाउन्ट हुँदहँुदै पनी हवाई माफियाको चलखेलमा अधिकारीलाई अर्थ विभाग प्रमुखमा ल्याइएको निगमका पदाधिकारीले नै बताउँछन ।
श्राेतः janasawal.com