चितवन, पुष ३०। अशोक लेलाण्ड डोस्ट प्लस गाडीको आज भरतपुर ११ चितवनमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । आई एम ई मोटर प्रा.ली. द्वारा नेपालको आधिकारी बिक्रेता रहेको छ । चितवनको लागि अशोक लेलाण्ड डोस्ट प्लस गाडीको लागि ब्रदर्श अटोमोटिस प्रा.ली.ले अशोक लेलाण्ड गाडीको सेल्स सर्भिस र स्पाइर्सको आधिकारिक बिक्रेता रहेको छ ।
आज विशेष कार्यक्रम बिच ब्रदर्श अटोमोटिस प्रा.ली.का मेनेजिङ्ग डाईरेक्टर दिपक प्रसाद पौडेल र मध्य नेपाल यातायात प्रा.लि.का अध्यक्ष चिनी बहादूर बोहरा ले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । आइ.एम.ई. मोटर्सको तर्फबाट एल.सि.भि.सेग्मेन्टका प्रोडक्ट यो गाडीमा आईएमी ग्रुपद्वारा संञ्चालित अशोक ल्यान्ड दोस्त पलस गाडि सेकमेन्टमा सबै भन्दा धेरै भार बाहन क्षमता भएको (१४७५ के जी )र१५”टायर को साइज साथै २ .५ बर्ष अथवा १ लाख किलोमिटर समय अबधी सम्म सम्पुर्ण सर्भेसिङ खर्च कम्पनिले ब्यहोरने ब्यबस्था भएको र क्सालेस इन्स्वरेन्स को ब्यबस्था भएको सार्बजनिक कार्यक्रममा जानकारी दिएको छ।
लेलेन्डका ब्यबसायिहरुका लागी अब देखि वारेन्टी सर्भिस र पाटपुर्जाको सम्मेत अन्योल्ता मुक्तहुने प्रोजेक्ट इन्चार्ज प्रभात बिक्रम बिष्टले जानकारी दिनु भयो । उद्वघाटन भएको दिन नै ४ जना ब्यबसायिले गाडिको बुकिङ समेत भएको कमलराज ढकाल ले जानकारी दिनु भयो।