गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १ गते, मंगलवार १९:२४

गुल्मी: गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभएको छ । सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु