दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भक्तपुरको पाँचतले मन्दिर परिसरमा आज देखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १ गते, मंगलवार १९:३६

काठमाडौं। भक्तपुरको पाँचतले मन्दिर परिसरमा आज माघ १ गते मंलगवारदेखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बढी भार हुने चारपांग्रे सवारीसाधन पाँचतले मन्दिर क्षेत्र भएर गुड्दा पछि असर पर्ने भएकाले यस्ता गाडी प्रवेशमा रोक लगाइएको जानकारी दिएको छ। यसअघि नगरपालिकाले यसबारे सरोकारवालाहरूसँग पटकपटक छलफल गरेको थियो।
पाँचतले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्र्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तिलमाधव नारायण मन्दिरको पूर्वी ढोकायता चार किलाभित्र लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि चारपांग्रे सवारीसाधन निषेध गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ।

भक्तपुरमा चारपांग्रे गाडी लिएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि भक्तपुरको भेलुखेल योसिंखेलस्थित पहिलाको डम्पिङ साइट भएको स्थानमा पार्किङ व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। तर तत्काललाई दुईपांग्रे सवारीसाधनलाई रोक नलगाइएको नगरपालिकाले जनाएको छ।

अत्यावश्यक सवारीसाधन जस्तै, एम्बुलेन्स, दमकललगायतका गाडी भने मन्दिर क्षेत्रमा चलाउन पाइने नगरपालिकाको सूचनामा उल्लेख छ। यसबाहेक अन्य विशेष सवारीसाधनलाई भने नगरपालिकाको स्वीकृति लिएर मात्रै चलाउन पाइने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन निषेध गरेको थियो।

श्राेतः visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु